कास्की । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गरे । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाए । लम्जुङमा ८० हजार १९२ मत खसेको थियो ।
निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित भएका थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत पाए ।