देशका अधिकांश भागमा आज मौसम सफा रहने

दाङको घोराही उपमहानगरपालिका- १५ स्थित पद्दमोदय नमुना मावि केन्द्रमा मतदान गर्दै सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस

काठमाडौँ, २१ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ ।

बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ । लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।