काठमाडौं । मुलुकका पहाडी भुभागमा परेको वर्षाका कारण गर्मीबाट राहत मिलेको छ । पानी परेसँगै देशका धेरै ठाउँमा अधिकतम तापक्रम घट्दो क्रममा छ । दुईतीन दिन यता काठमाडौंसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर, पश्चिम तराईमा भने अझै चर्को गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन । अझै एक दुई दिन पश्चिम तराईमा वर्षाको सम्भावना नरहेको मौसमविद्हरुले बताएका छन् ।
पश्चिम तराईबाहेकका ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ कोशी, वाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली छ । नेपालमा अहिले पश्चिमी वायुसँगै भारतको विहारमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।