देशको पहाडी भू-भागमा हिउँदे वर्षा सुरु

RSS

काठमाडौं । मुलुकको पहाडी भू–भागमा हिउँदे वर्षा सुरु भएको छ । सोमबार मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मेघ गर्जनसहित वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मंगलबार भने देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भ-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आइतबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको थियो। उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको छ।