धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता दोब्बर पारेका छन् । ४२ हजार २३० मतगणना भइसक्दा हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका ओडले ९ हजार ५५७ मत पाएका छन् ।
यहाँ मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् । उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएकी छिन् । एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन् ।