काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना विरुद्धको खोप धनी देशको कब्जामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूचओका प्रमुखले बिहीबार आयोजित एक कार्यक्रममा यस्तो बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनका अनुसार ८० प्रतिशत खोप धनी देशको कब्जामा रहेको छ । गरिब देशको पहुँचमा मात्र ०.३ प्रतिशत मात्र खोप पुगेको छ ।
जसले गर्दा संसारभर कोरोना नियन्त्रणमा समस्या आएको डब्ल्यूएचओ भनाइ छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससका अनुसार अहिले विश्वभर एक अरबभन्दा बढी कोरोनाविरुद्धको डोज रहेको छ । तर, यो धनी देशले कब्जा गरेर राखेका छन् ।
महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्याउने सबैभन्दा ठूलो चुनौति रहेको भन्दै यसमा खोप मात्र संक्रमण नियन्त्रणको एक मात्र उपाय भएको समेत बताए । खोपले चेन ब्रेक गर्ने र संक्रमण फैलनबाट रोक्ने विश्वास गरिएको छ ।