धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

काठमाडौं । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनीहरूलाई जनकपुरमा चिकित्सकले मृत घोषणा गरेको हो ।