४ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले राजिनामा दिएका छन् । साथै धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले समेत समेत आइतबार साँझ राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख आइन्द्र बिक्रम बेघा समक्ष पदबाट राजीनामा दिएका हुन् ।
उनीहरु एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिदै छन् । नगर प्रमुख राई श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा छन् । धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनाव लड्दै छन् ।