काठमाडौं । एमाले विभाजनको मुखमा पुगेको छ । लामो समयको असफल एकता प्रयासपछि एमाले फुटको संघारमा पुगेको हो । एकातर्फ सरकारले दल फुटाउन सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा सिफारिस भएको छ । अर्कोतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ नेतालाई कारवाही गरि त्यसको पत्र संसद सचिवालय र निर्वाचन आयोगमा पठाएका छन् ।
मंगलबार भएका यी दुई घटनाक्रमले अन्त्तः एमालेको फुटलाई औपचारिकता दिने छ । दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएसँगै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । त्यसपछि सो दल सरकारमा समेत सहभागी हुने छ । विपक्षी गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने तयारी रहेको छ । नेताहरुका अनुसार नयाँ दल दर्ता गर्ने प्रक्रिया, सबै कागजात तयार गरिएका छन् ।
एकताको सम्भावना सकिएको भन्दै नेताहरु नयाँ दल दर्तामा लागेका हुन् । अध्यादेश अनुसार अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा हुने छन् । यसमा अझै नेता थपिने सम्भावना रहेको बताइएको छ ।
विभाजनपछि यसअघि वार्ता टोलीमा सदस्य भने अन्यौलमा छन् । योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनयाम भुसालसहितका नेताहरुको भविय अन्यौलमा छ । उनीहरु ओलीविरुद्ध संघर्ष गरेका नेता हुन् । तर, अब नेता नेपालले पार्टी फुटाएपछि उनीरु के गर्छन भन्ने खुलेको छैन ।