नर्वेमा भीषण पहिरो, कम्तिमा २० जना वेपत्ता

ओस्लो । नर्वेमा भीषण पहिरोमा परी कम्तिमा २० जना व्यक्ति बेपत्ता भएका छन्। कैयौ मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भएको छ । घटनामा १० जना घाइते छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो घटना राजधानी ओस्लो नजिकै एक गाउँमा भएको हो ।

पहिरोले घटनास्थलका सयौँ घर बगेको वा पुरिएको आशंका गरिएको छ । त्यहाँका घर पहिरोले नष्ट समेत भएका छन् । घटनास्थलमा खोजी तथा उद्दारको काम भइरहेको अधिकारीहरुले जनाएका छन् । उक्त स्थानमा करीव दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलमा पहिरो बगेको बताइएको छ ।

५ सय मानिस विस्थापित भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी छ । नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।