नवनिर्वाचित कांग्रेसको कार्यसमिति बैठक आज

रासस

३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि ।

आज पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेसले आसन्न निर्वाचनका लागि प्रतयक्षतर्फको उम्मेदवारी चयनको कामलाई समेत तिव्रता दिने बताएको छ ।