काठमाडौं । अभिनेत्री केकी अधिकारी र व्यवसायी रोहित तिवारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा सिमित साथिहरु र परिवारका सदस्यको उपस्थितिमा उनीहरुले बिबाह गरेका हुन् । विवाहपछि तस्वीरहरु स्वयमः नायिका अधिकारीले सार्वजनिक गरेकी छिन् ।
फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’
उनीहरुले एक वर्षदेखिको प्रेमलाई बिहेमा परिणत गरेका छन् । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।