निमावि तहमा २५९८ शिक्षकको विज्ञापन खुल्यो

काठमाडौं । सरकारले एक साथ २५९८ जना शिक्षकका लागि विज्ञापन माग गरेको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो । यसअघि १५ सय जना माध्यामिक तहको शिक्षकका लागि विज्ञापन खुलेको थियो । इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म तोकिएको दस्तुर र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन गर्ने तयारी छ ।