काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान ३१ मे २०२१ सम्म बन्द भएको छ । सरकारले कोरोना नियन्त्रणका लागि यसअघि वैशाख मसान्तसम्म उडान बन्द गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई अब १७ जेठ अर्थातः ३१ मेसम्म उडान बन्द हुने जानकारी दिएको हो ।
यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । यो बीचमा चार्टर्ड उडान भने जारी रहने छन् । मेडिकल प्रयोजनका उडान जारी रहनेछन् भने कार्गो उडान समेत हुने छन् । सरकारले आन्तरिक उडानबारे भने केही बोलेको छैन ।
अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित बनेका छन् । सरकारले १३ जेठसम्म उपत्यकाको निषेधाज्ञा समेत बढाएको छ ।