नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

काठमाडौं । नेपालमा बिहीबार बिहानै थप ७ जना कोरोना स्रक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

बिहीबार सर्लाहीमा १, धनुषा र महोत्तरीमा २, २ जनामा कोरोना संक्रमण देखिएको हो ।उता, कपिलवस्तु र काठमाडौंमा पनि बिहीबार एक एक जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।बिहीबार थपिएका संक्रमित मध्ये ५ जना पुरुष र दई जना महिला हुन् ।

उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको मन्त्रालयले जनाएको छ ।सबै बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।मंगलबार एकै दिन ५७ जनामा कोरोना पुष्टी भएकोमा बुधबार २४ जनामा भेटिएको थियो ।

बिहीबार बिहानै ७ जनामा कोरोना पुष्टी भएको छ । नेपालमा समुदायस्तरमा कोरोना फैलिसकेको छ ।