नेपालमा कोरोनाको भारतीय भेरियन्ट पुष्टी, अझ संक्रामक र जोखिमपूर्ण

काठमाडौं । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुष्टि भएको छ । यो भाइरसले भारतमा ठूलो मानवीय क्षति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ वटा नुमना संकलन गरि भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।

त्यो नमुनाको नतिजा मंगलबार प्राप्त भएको छ । यस अनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यी दुबै भेरियन्ट पहिलो पटक भारतमा नै पुष्टी भएका हुन् । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । मन्त्रालयका अनुसार यो भेरियन्ट सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण मानिएको छ ।