काठमाडौं । नेपालका बिहीबार कोरोना भाइरसको अर्को रेकर्ड कायम भएको छ । १ हजार २४६ जनामा कोरोना पुष्टी भएको यस दिन नेपालमा कुल संक्रमितको संख्याले ५० हजारको नेटो काटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको हो । नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या पनि उत्तिकै रहेको छ । पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
अब नेपालमा निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। अहिले देशभर निको हुनेको प्रतिशत ७१ रहेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या अब १४ हजार ४४८ मात्र रहेको छ। पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण निधन भएको छ । यससँगै नेपालका कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ३१७ पुगेको हो ।
अझै २१ जनाको विभिन्न अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार मन्त्रालयको तथ्यांक रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । अहिलेसम्म देशभर ८ लाख १० हजार पिसिआर परीक्षण भइसकेको छ ।