काठमाडौं । नेपालमा शनिबार ५ हजार मानिसमा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५०४२ जनामा कोरोना पुष्टी भएको हो । यस अवधिमा १६ हजार ८ सय १४ जनामा परीक्षण गरिएको थियो । पछिल्लो दिनमा परीक्षण कम भएसँगै संक्रमित समेत केही कम भएको देखिएको छ ।
अब नेपालमा कुल ५ लाख ८५ हजार १ सय मानिसमा कोरोना पुष्टी भइसकेको छ । सरकारले पछिल्ला दिनमा एन्टिनेज विधिबाट परीक्षण बढाएको छ । यस अवधिमा निको हुनेका संख्या भने ८२४३ जना रहेको छ । अब नेपालमा कुल ४ लाख ८४ हजार ३ सय ७३ जनाले कोरोना जितेका छन् ।