काठमाडौं । नेपालमा पछिल्लो एक महिना यताकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना पुष्टी भएको छ । यो एक महिनायताकै बढी हो । ,यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।
पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार भने २३५ जनामा संक्रमण पुष्टी भएको थियो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युको तथ्यांक भने छैन । यस अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त बनेका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २४४ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३२, भक्तपुरमा ९, मोरङमा ८ र चितवनमा ७ जना संक्रमित भेटिए ।