काठमाडौं । नेपालमा अहिलेसम्म साढे ८ हजार मानिसमा कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय भन्दा बढी मानिसको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर मेसिनबाट ५ हजार १८४ र र्यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यी परिक्षणबाट १२ जनामा पोजेटिभ भाइरस देखिएको छ । तीन जनामा आइतबार मात्र पुष्टी भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार २० वटा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र ६२८ वटा परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ ।
काठमाडौंबाहिर पीसीआर मेसिनबाट १ हजार १६४ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सबै प्रदेशमा पीसीआर मेसिन र र्यापिट टेष्ट किट सबै जिल्लामा पुगिसकेको छ । धेरै जिल्लामा परीक्षण भइरहेको र त्यसको रिपोर्ट आउने क्रम जारी रहेको प्रवक्ता देवकोटाको भनाई रहेको छ ।
आइतबारसम्म देशभर ७ हजार ९७३ जना क्वारेन्टाइनमा रहेका छन्। बागलुंगमा थप एक जनाका कोरोनाको पोजेटिभ देखिएको छ ।
थप परिक्षणका लागि काठमाडौं ल्याइएको छ । त्यो पुष्टी भएका नेपालमा कूल १३ जनामा कोरोना पुष्टी हुनेछ ।