नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार २ सय २० जनाको नमुना परीक्षणबाट उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । यस अवधिमा १ हजार ६ सय २८ जना निको भएर फर्किएका छन् । नेपालमा अब डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ ।

नेपालमा १२ हजार नौ सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । पाँच सय २७ जना मात्र क्वारेन्टिनमा रहेका छन् । २४ घण्टामा थप २० जना सङ्क्रमितको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।