काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आङ्कडा अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जना र ५७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २०४२ गरी १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४ हजार ७९६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ ।