काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १३८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधीमा ११ जनाको कोभिडका कारण मृत्यु भएको छ।
सो अवधिमा ८,७०४ जना सङ्क्रमणमुक्त भएका छन्।तथ्यांक अनुसार देशभर निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ४५,२४८ छ । तीमध्ये अधिकांश उपत्यकाका तीन जिल्लामा छन् । काठमाडौंमा ९,८५८, ललितपुरमा ८,८६१ र भक्तपुरमा ३,१६० जना सक्रिय सङ्क्रमित रहेका छन्।
विगत २४ घण्टामा ६,४४३ पीसीआर र २,८०८ एन्टिजन विधिबाट गरी कुल ९,२५१ वटा परीक्षण गरिएको छ ।