नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

काठमाडौं । नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोटको नजिक पुगेको छ । मंगलबार नेपालले यूएईलाई हराएर फाइनलमा प्रवेश गर्न सकेमा विश्वकपमा छनोट हुने छ । सोमबार नेपालले क्यानडालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै आइसीसी टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यससँगै अब एक खेलबाट नेपालको विश्वकप यात्रा तय हुने छ ।

नेपालले लीग चरणको अन्तिम खेलमा क्यानडालाई हराएको हो । टस जितेर ब्याटिङ रोजेको क्यानडालाई नेपालले १५ ओभरमा ८० रनमा अलआउट गर्यो । जवाफमा १४.१ ओभरमा दुई खेलाडी गुमाई नेपालले ८१ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रन प्रहार गरे । उनीहरु अन्तिम सम्म क्रिजमा रहे । आसिफ सेख १७ रनमा आउट भए ।

कुशल मल्लले रन जोड्न सकेनन् । नेपालले सबै तीन खेल जितेर समूह ुबी को विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । यो समूहबाट ओमान दोस्रो बनेर सेमिफाइनल पुगेको छ । समूह (ए)बाट विजेता बनेको आयरल्याण्डले ओमानको सामना गर्नेछ । दुबै खेल मंगलबार हुने छन् ।