न्युयोर्क
न्युयोर्कमा तीन हप्तापछि पहिलो पटक कोरोना संक्रमितको संख्या पुन: बृद्धि भएको छ । न्युयोर्कमा बिहीवार संक्रमितको संख्या ९ सय १८ र मृतकको संख्या ९ गणना गरिएको न्युयोर्क गभर्नर एण्ड्रु कुमोले बताए ।महामारी सुरु भएपछि अन्तिम दिन जुनको १२ तारिख ९ सय १६ संक्रमित देखिएको न्युयोर्कमा त्यसपछि संक्रमितको संख्या लगातार घटेको थियो । तीन हप्तासम्म घट्दै गएको संक्रमित संख्या हिजो बिहिबार बढेर ९ सय १८ गणना भएको छ । यो संख्या न्युयोर्क राज्यस्तरमा देखिएको संख्या हो ।
गभर्नर कुमोले शुक्रबार भनें; “न्युयोर्कमा बिहीबार पुन: संक्रमितको संख्या ९ सय माथि पुगेको छ । यद्यपी यो संख्या बिहीबार जाँच गरिएका कुल संख्याको १ दशमलब ३८ प्रतिशत मात्र हो”। न्युयोर्कमा न्युयोर्क राज्यमा कोरोनाको कारण शुक्रबारसम्म २४ हजार ८ सयको मृत्यु भै सकेको छ ।