न्युजर्सी
न्युजर्सी राज्यकै पहिलो कोरोना भाइरस संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मार्च २ तारिख सामान्य लक्षणका कारण ह्याक्यान्साक मेडिकल सेन्टर पुगेका उनी १९ दिन पछि आज अक्सिजन मेसिन जोडेर नै अस्पतालबाट डिस्चार्ज भएका छन् । ३२ बर्षीय जेम्स काई आँफै फिजिसियन एसिस्टेन्ट हुन् । काईले आफ्नो फोक्सोले पूर्ण रुपमा काम गर्ने कुरामा ‘भगवानसँग पुकार गर्दै गरेको’ प्रतिकृया दिएको न्युयोर्क पोष्टले लेखेको छ भने काईले न्यूयोर्क पोष्टलाई आफु केही कमजोर महसुस गर्दै गरेको कारण फोनमा धेरै बोल्ने नगरेको प्रतिकृया दिएका छन् ।
पोष्टका अनुसार काईको क्षती ग्रस्त फोक्सोले तत्कालनै पूर्णरुपमा काम गर्छ वा गर्दैन भन्ने कुरा चिकित्सकहरुले एकिन गर्न सकेका छैनन् । उनले भनेका छन् “म भर्खर ३२ बर्षको भए अक्सिजनको भरमा कसरी बिताउनु ? जे होस् बाँच्न सफल भए ।”
कुनै पनि अन्य रोग नभएका स्वस्थ्य काई आफ्नो पत्नी र २० महिनाको बच्चा सहित फोर्ट्लीमा बस्दै आएका थिए । आज उनी अस्पतालबाट डिस्चार्ज भएर जाँदा पत्नी र बच्चा भने उनको नातेदारको घरमा बसेका छन् । दुई पटक जाँच गर्दा नेगेटिभ रिजल्ट आएर डिस्चार्ज भए पनि सामान्यतया कोरोना मानिसको शरीरमा ३० दिनसम्म रहने हुँदा अहिले उनी पत्नी र बच्चाको नजिक जाने छैनन् ।
तस्बिर : न्यूयोर्क पोष्ट
जेम्स काईको फेसबुक