काठमाडौं । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले यसको पुष्टी गरेको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
सुनामीले क्षति पुर्याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको छ । यसअघि २०७५ साल भदौमा केर्माडेक द्वीपमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । न्यूजिल्याण्डलाई भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश भनेर पनि चिनिन्छ ।