न्यूयोर्क/अमेरिका
उत्तर अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । अधिवेशनमा सक्रिय र अर्थपूर्ण सहभागीता बढाउनका लागि सदस्यता दर्ता र नबीकरणको कामलाई तिब्र पारिएको नेजाले जनाएको छ । नेजाले गत फेब्रुअरी २० मा आफ्नो वेवसाइट मार्फत सुजना सार्बजनिक गर्दै सदस्यता दर्ता र नबीकरण गरिदिनुहुन अनुरोध गरेको हो ।
नेजाको सातौं अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा आगामी मे महिनाको २ र ३ गते न्यूयोर्क शहरमा हुँदैछ । ‘त्यस साधारण सभा तथा अधिवेशनमा सहभागि हुन सबैंमा नेजा कार्यसमिति हार्दिक आग्रह गर्दछ’ वेवसाइट मार्फत जारी गरिएको सुचनामा उल्लेख छ । । नेजाको विधानले साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिनका लागि साधारणसभा हुनुभन्दा १ महिना अघि नैं सदस्य भैसक्नुपर्ने व्यवस्था गरेको छ । त्यस अनुसार सन् २०२० को अप्रिल १, गते सम्म नबआगन्तुक पत्रकारहरुले नयाँ सदस्यता दर्ता र नबीकरण गरिसक्नुपर्नेछ । सदस्यता नबीकरण गर्ने समय अब १५ दिन मात्रै रहेकाले समयसिमा भित्रै सदस्यता नबीकरण गरिदिनु हुन पनि सम्पूर्ण पत्रकारहरुमा नेजाले बिशेष अनुरोध गरेको छ ।
नयाँ सदस्यताका लागि नेजाको विधानले तोकेको आवश्यक प्रक्रिया पुर्याइ सदस्यता आवेदन फाराम भर्न अनुरोध गरिएको छ । नेजाको नयाँ सदस्यता आवेदन तथा नविकरणको आबेदन भर्नका लागि संस्थाको वेवसाइट डब्लुडब्लुडब्लु डट नेजायुएसए डट ओआरजी (http.www.neajausa.org ) क्लिक गरेर बिकम अ मेम्बर become-member मा क्लिक गर्ने र नयाँ सदस्यता लिनेहरुले न्यू मेम्बर र नबीकरण गर्नेहरुले रिन्यू लिङ्कमा क्लिक गरेर आवेदन फारम भर्न सक्नुहुनेछ । यससम्बन्धी थप जिज्ञासा भए संस्थाको इमेल [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ । नयाँ सदस्यता लागि ७५ अमेरिकी डलर लाग्नेछ भने नबीकरणका लागि ५० अमेरिकी डलर लाग्नेछ । नेजामा आवद्ध साधारण सदस्यहरुले प्रत्येक २/२ वर्षमा नबीकरण गर्नुपर्ने ब्यवस्था छ । साधारण सदस्यले आजीबन सदस्य बन्न चाहेमा आजीबन सदस्य प्राप्त गर्नेछ । आजीबन सदस्यता लिनका लागि नेपालमा या अमेरिकामा कम्तीमा १५ वर्ष पत्रकारिता गरेको प्रमाण पेश गर्नुपर्नेछ । १५ वर्ष पत्रकारिता गरेको प्रमाण पेश गर्न नसकेमा आजीबन सदस्य स्वीकार गरिने छैन । आजीबन सदस्यता लागि ३०० अमेरिकी डलर शुल्क लाग्नेछ ।