काठमाडौं । साउदी अरवको अदालतले पत्रकार जमाल खासोग्जीको हत्या आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
अघिल्लो साल टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा छिरेका खासोग्जीको सोही भवनभित्र हत्या भएको थियो ।
साउदीमा अदालतले सोमबार गरेको फैसलामा उक्त घटनामा ११ जनालाई दोषी ठहर्याएको र ५ जनालाई मृत्युदण्ड सुनाइएको संचारमाध्यमहरुले लेखेका छन् ।
अन्य तीनलाई २४ वर्ष कैद सजाय अदालतले सुनाएको हो । प्रारम्भमा साउदी सरकारको गुणगानमा लेखेपनि पछिल्ला दिनमा उनी कडा आलोचक बनेका थिए ।
सोहीकारण उनको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको भन्दै व्यापक आलोचना भएको थियो । २ अक्टोवर २०१८ मा उनको हत्या भएको हो ।