काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । १४५ रनको लक्ष्य पञ्जाबले१८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२–२२ र आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई–दुई र ट्रेन्ट बोल्टले एक विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो । राजस्थानका रियान परागले ४८, रविचन्द्रण आश्विनले २८, सञ्जु स्यामसन र टम कोहलर(क्याडमोरले १८–१८ रन बनाए । पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चाहरले दुई–दुई, अर्शदिप सिंह र नेथन एलिसले एक–एक विकेट लिए ।