पश्चिम नेपालमा शक्तिशाली भूकम्प, जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु

काठमाडौं । शुक्रबार राति नेपालको पश्चिम भेगमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले सञ्चारमाध्यमलाई जनाएका छन् । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको छ ।

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताएका छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।