पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि केलियन एमबाप्पे एक्लैले ५ गोल गरेका छन् । फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले हराउने क्रममा उनले गोल गरेका हुन् । पीएसजी अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा नेइमार र कार्लोस सोलेरले थप १–१ गोल गरे ।

खेलको २९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे। त्यसको १ मिनेटपछि एम्बाप्पेले अग्रता तेब्बर पारे। ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गर्दा पिएसजी ४–० ले अघि रह्यो। एम्बाप्पेले दोस्रो हाफमा थप २ गोल गरे । ५६ र ७९ औँ मिनेटमा थप दुई गोल गर्दै उनले ५ गोल पूरा गरे । एम्बाप्पे एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी समेत बनेका छन् । अर्को गोल कार्लोस सोलेरले ६४ औँ मिनेटमा गरे ।