काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा छन् । उनलाई क्यान्सर नभएको पुष्टि चिकित्सकले गरेका छन् । भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सरको आशंका गरिएको थियो । तर, चिकित्सकले क्यान्सर नरहेको पुष्टी गरेका हुन् ।
वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको जानकारी उनका सहयोगी विश्वदीप पाण्डेले सामाजिक संजालबाट गराएका छन् । ट्युमरलाई भने केही महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । भट्टराई मंगलबार नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्कने भएका छन् ।