महेन्द्रनगर (धनुषा), १२ माघः पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गरेका छन् । मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरे । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भए । उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।
पूर्वराजा शाहले जानकी मन्दिरदेखि करिब ५०० मिटरको दूरीमा रहेको राम मन्दिरको समेत दर्शन गरेका थिए । उनले राजदेवी मन्दिरको पनि दर्शन गरे । त्यसैगरी आजै साँझ गङ्गासागरमा आयोजना गरिएको गङ्गा आरतीमासमेत सहभागी भए ।