पेनाल्टीमा चुके एम्बापे, फ्रान्स यूरोकपबाट बाहिरियो

काठमाडौं । विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० मा अन्तिम १६ बाटै बाहिरिएको छ । सोमबार राती स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ गोलले हारेसँगै बलियो टोली फ्रान्स बाहिरिएको हो । यससँगै जारी विश्वकपबाट बाहिरिने अर्को ठूलो टिम फ्रान्स बनेको छ । यसअघि नेदरल्याण्ड्स, पोर्चुगल, क्रोयसिया उपाधी दौडबाट बाहिरिसकेका छन् ।

किलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसकेपछि फ्रान्स हारेको छ । स्विट्जरल्याण्ड् पहिलो पटक क्वाटरफाइनल पुगेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा स्विट्जरल्याण्डका गोलकिपर यान सोमेरले फ्रान्सका एमबाप्पेको प्रहार रोकिदिएका थिए । फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरेका थिए । स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन सार, म्यानुएल अकान्जी, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।