पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

तस्वीर सभार : गोरखापत्र

पोखरा । नेपाल को पर्यटकीय नगरी पोखरामा भीषण असिना पानी वर्षिएको छ । बाक्लो असिनासहितको पानीका कारण पोखराको सडकमा असिना थुप्रिएको थियो । सो असिना अटाउन डोजको प्रयोग गर्नुपरेको छ । स्थानीयका अनुसार पोखरामा यती भयानक असिना परेको अनुभव यसअघि भएको थिएन । असिना पानीका कारण पोखरामा आइतबार दिउँसो सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडक ढोको थियो ।

सवारीसाधन रोकिनुका साथै बाटो हिड्नेलाई समेत अवरोध सिर्जना भएको थियो । अचानक परेको असिना पानीले धेरैलाई प्रभावित बनाएको थियो । असिना पानिले पोखरा महानगर क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतका अन्नबालीमा क्षति पुगेको बताइएको छ । यसले मौसमी तरकारीलाई ठूलो क्षती गरेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पानीसहित असिना परिरहेको मौसमविद्ले जनाएका छन् ।