पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

पोखरा । आज पोखरामा उपचार भइरहेका कोरोना भाइरसबाट संक्रमित स्याङ्जाका एक पुरुषको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । यहाँ स्याङ्जा, पुतलीबजार नगरपालिका १ का ८५ वर्षीय पुरुषको ज्यान गएको हो ।

सङ्क्रमणको पुष्टि भएपछि भदौ २४ मा उनलाई उपचारार्थ भर्ना गरिएको थियो। अब गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु हुनेहरूको सङ्ख्या २३ पुगेको अस्पतालले जनाएको छ ।