प्रचण्ड पत्नी अस्पताल भर्ना, स्वास्थ्यलाभको कामना गर्न प्रचण्डलाई प्रधानमन्त्रीको फोन

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनमा वंशानुगत पार्किन्सन जस्तो देखिने रोग रहेको छ । सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान करिब ११ बजे उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको दाहालकी छोरी गंगाले सामाजिक सञ्‍जालमार्फत पुष्टी गरेकी छिन् ।

सीता अस्पताल भर्ना भएपछि उनलाई भेट्न प्रचण्ड दिउँसो अस्पताल पुगेका थिए । पार्टीमा देखिएको विवादका बीच प्रचण्ड दौडधुपमा छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ प्रचण्डलाई टेलिफोन गरी पत्नि सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पार्टीमा फाटो आएपछि सार्वजनिक कार्यक्रममा नेताहरुबीच एक अर्काको उछितो काड्ने क्रम जारी छ । तर, पहिलो पटक टेलिफोनमा वार्ता भएको हो । बुधबार साँझ प्रधानमन्त्रीले आफु निकट दुई नेता विण्णु पौडेल र सुवास नेम्वांगलाई समेत आफ्नो सन्देशसहित अस्पताल पठाएका थिए ।