प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी

काठमाडौं । प्रदेश १ को नाम संसदमा प्रस्तुत हुने भएको छ । अनुसार प्रदेशसभामा आजै नामको विषय प्रवेश गराउने तयारी छ । दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने भएको हो । आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

बैठकमा सहमति भए आजै नामको विषय टेबल हुने नेताहरुले बताएका छन् । दलहरु कोसी र किराँत नाममा छलफल गरिरहेका छन् । नेपालमा ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले मात्र नाम राख्न सकेको छैन । यस पटक नाम टुंगो लगाउने तयारी दलहरुको छ ।