काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टी भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन् । यद्दपी उनले आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भने भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबारदेखि आइसोलेशनमा बसेका प्रधानमन्त्रीको कोरोना परीक्षण आइतबार हुनेछ ।
शुक्रबार प्रचण्ड र देउवाबीच नजिकबाट भेट भएको थियो । बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा र प्रचण्ड सँगै बसेका थिए । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ल, सुमन देवकोटा, सुबोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डे कोरोना संक्रमण भएको छ ।