काठमाडौं । क्याम्पसको आन्तरिक परीक्षा चलिरहेको समयमा परीक्षा हल भित्र प्रवेश गरि शिक्षकमाथि आक्रमण गर्ने एक जनालाई आरआर क्याम्पसले निष्काशन गरेको छ । क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीले बिहीबार सूचना प्रकाशित गरि यसबारे जानकारी गराएका हुन् । ६ पुसमा आरआर क्याम्पसको स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेको समयमा स्नातक दोस्रो वर्षका विद्यार्थी कुबेर जेठाराले परीक्षा हलमा प्रवेश गरि निरिक्षक बनेका प्राधापकमाथि आक्रमण गरेका थिए ।
ती विद्यार्थीलाई क्याम्पसले निष्काशन गर्नुका साथै कानूनी कारवाहीको प्रक्रिया समेत अगाडी बढाइएको क्याम्पस प्रमुख ज्ञवालीले जानकारी गराएका छन् । ती विद्यार्थी एमाले निटक विद्यार्थी संघमा आवद्ध रहेको समेत बताइएको छ । क्याम्पसको पछिल्लो निर्णयपछि प्राधापकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएर पठनपाठन थालेका छन् ।