फांगकार्योका निर्माता उज्ज्वल ठकुरी राजदूतद्वारा सम्मानित

न्युयोर्क

गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा ७ ओटा कर्तिमान कायम राखिसकेका नेपाली खेलाडी उज्वल ठकुरीलाई वासिङ्टन डिसीस्थित नेपाली दुताबासले सम्मान गरेका छन् । ठकुरीलाई दुताबासले राष्ट्रिय पहिचान बन्न सक्ने फाङ्गकार्यो बिधा निर्माण गरेको र देशको नाम उँचो राख्ने कार्य गरेको भन्दै शुक्रबार दुताबासको कार्यालयमा नै सम्मान गरेको हो ।


सम्मान पत्र प्रदान गर्दै राजदुत डा. अर्जुन कुमार कार्कीले भनें; “नेपालको नाम संसारभर फैलाउँदै आएका रेकर्डधारी खेलाडी उज्वल ठकुरले यतिबेला विश्वलाई चुनौति दिंदै उज्ज्वल ठकुरीले “फांगकार्यो” बिधाको निर्माण गर्नु सबैको गर्वको विषय हो । हामी सबैले यसलाई संसारभर प्रचार गर्नुपर्दछ ।”

के हो फांगकार्यो ?

फांगकार्यो भनेको फांग गरेर बिभिन्न खेलकुद कला प्रस्तुत गर्ने कला हो । जस अन्तर्गत फांग गरेरै काता गर्ने, ओजन उचाल्ने, ब्रेकिङ्ग गर्ने, हतियार चलाउने , गोली निशाना लगाउने, आर्चरी चलाउने, नांन चाकु चलाउने र फांग गरेर फाइट गर्ने पर्दछन् । सबै खेलको अवधि १ मिनेटको हुनेछन्। यो कला सिक्न चाहने संसारभरका ईच्छुक खेलाडीले नेपाल नै जानुपर्नेछ ।

खेलाडी राजेन्द्र मदाई

यसमा सबैभन्दा कठिन “फांग नान् चाकु काता” हो । यद्यपि ठकुरीले नेपालको डडेल्धुरामा फांग नान् चाकु काताको खेलाडी जन्माई सकेको छ । जसको नाम हो; राजेन्द्र मदाई ।
राजेन्द्र मदाईलाई ठकुरीले अमेरिकाबाट निर्देशन दिंदै फांगकार्योमा नान् चाकुको निर्माण गर्न सिकाए । आज नेपालमा नान् चाकुको निर्माणकर्ता राजेन्द्र मदाई भएका छन् । नान् चाकु ब्रुस्लिले निर्माण गरेतापनि फांग नान चाकु काताको अवधारणा भने ठकुरीको हो ।

यस विषयमा ठकुरी भन्छन्; “जसरी बिभिन्न खेलकुद र काताको श्रेय अरु देशले लिएका छन्, त्यसैगरी फांगकार्योको जननि नेपाल बन्नेछ । यो सिक्न संसारभरबाट खेलकुद टिम नेपाल आउने छन् । यो राष्ट्रिय सान बन्नेछ ।”