फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु

मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको सङ्ख्या दुई करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् । अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९–१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ।