फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिए, एक महिलाको उद्धार, अन्य सकुसल

file

पोखरा । फेवातालमा शनिबार दिउँसोको हावाहुरीले दुई वटा डुङ्गा पल्टिएका छन् । एउटा डुङ्गामा चढेकी एक जना महिला डुबेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । अहिले उनलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । हावाहुरीले गर्दा अर्को डुङ्गा पनि पल्टिएको थियो । त्यसमा सवार चार जना युवाहरु आफै पौडी खेलेर सकुशल ताल बाहिर निस्किएको प्रहरीले जनाएको छ ।