काठमाडौं । नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेको छ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी प्रतियोगिताको फाइनल पुगेको हो ।
ढाकामा आइतबार भएको सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९.५ ले पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो । निर्धारित समयमा दुवै टोलीले ५०–५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको थियो । जहाँ नेपालले बाजी मार्यो ।
नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । अब नेपालले उपाधिका लागि घरेलु बंगलादेशसँग आज खेल्नेछ । समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको बंगलादेशले थाइल्याण्डलाई हराएर फाइनलम स्थान बनाएको हो ।