सिन्धुली । सिन्धुलीमा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाका १ चिसापानीका ४० वर्षीय शेर बहादुर बुजुले ३६ वर्षीया श्रीमती राममाया घलानलाई बन्चरोको पासोले टाउकोमा प्रहार गरी हत्या गरेका छन् ।
हत्यापछि उनी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शुक्रबार श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी घलानको जिल्ला अस्पताल हेटौडा मकवानपुरमा उपचारको क्रममा शनिबार ज्यान गएको हो ।