बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

काठमाडौं । कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ।
गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक-पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।