बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अपर राहुघाटको विद्युत गृह म्याग्दी, १९ असोजः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा निर्माण भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह । तुँदी पावर कम्पनी लिमिटेडले निर्माण गरेको यस आयोजनाले व्यावसायिक उत्पादनको तयारी गरेको छ । तस्बिरः सन्तोष गौतम/रासस

काठमाडौँ, २१ असोजः पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल एक्समार्फत उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारमा गहिरो समवेदना प्रकट गरे उनले भनेका छन्, “यस कठिन समयमा पाकिस्तान सरकार र यहाँका जनता नेपाल सरकार र नेपालीहरुसँग उभिएका छन् ।”