ललितपुर । ललितपुरको बालकुमारीमा पैदल हिँडिरहेका दुई जनालाई गाडीले ठक्कर दिएको छ । बिहीबार बिहान भएको यस घटनामा एक जनाको मृत्यु भइसकेको छ । ठक्कर दिएर भागेको गाडी भने सानेपाबाट पक्राउ परेको छ । प्रहरीले गाडी र चालक दुबैलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार बिहान ५ बजे मर्निङ वाकका लागि निस्किएका दुई जना वृद्धलाई बोलेरो गाडीले ठक्कर दिएर भागेको थियो। ठक्करबाट महालक्ष्मी नगरपालिका ४ इमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी महर्जनको मृत्यु भएको छ ।
उनीसँग मर्निङ वाकमा हिँडेका सोही स्थानका ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन्। उनको उपचार बिएन्डबी अस्पताल ललितपुरमा उपचार जारी छ । प्रहरीका अनुसार बा १२ च ४२२८ नम्बरको बोलेरोले उनीहरुलाई बालकुमारी पुलमुनी ठक्कर दिएको हो । भक्तपुर डेरा गरी बस्ने ३२ वर्षीय कुवेर खड्का यस बोलेरोका चालक थिए ।