२३ फागुन, काठमाडौं । झापा ५ मा बालेन शाहले ऐतिहासिक जनमत पाएका छन् । उनले कुल ६८ हजार ३४८ मत पाए । जुन नेपालको संसदिय इतिहासमा एक उम्मेदवारले पाएको सर्वाधिक मत हो । उनका निकटतम प्रतिद्वन्दी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाए । काङ्ग्रेसले मात्र १८२१ मत पायो । अहिले मतगणना स्थलमा समर्थकको ठूलो भिड लागेको छ ।
बालेनले पाए ऐतिहासिक मत